Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

बेखबर भनिएकी विष्णु माझी आइतबार श्रीमानसहित सुटुक्क स्याङजाकाे प्रहरी कार्यालय पुगिन्

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङजा – चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङजामा उपस्थित भइन् ।

प्रहरीले खोजी गरेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट आउनुका साथै प्रहरीले सम्पर्क गरेसँगै गायिका माझी आफ्ना श्रीमान सुन्दरमणि अधिकारीसहित प्रहरी कार्यालयमा आइतबार मध्यान्हमा पुगेकी हुन् ।

लोक गायिक माझी बेखवर रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएसँगै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन् ।

एसपी लम्सालले आफूले माझीका श्रीमान् सुन्दरमणिलाई बिहीबार फोन गरेर विष्णु माझी आफै आउने वा तपाईंले ल्याउने भनेपछि सुन्दरमणि झस्केकाे बताउनु भयाे । लम्सालले सुन्दरमणिलाई यदि उनले नल्याए प्रहरीले ल्याउनु पर्ने अवस्था आउने भनेर कडा रुपमा प्रस्तुत हुनुपरेकाे पनि जानकारी दिनुभयाे ।

सुन्दरमणिले शुक्रबार र शनिबार आफू व्यस्त रहने भएकाले आइतबार आउने वचन दिएका र त्यसै अनुरुप सेतो रंगकाे ट्याक्सीमा आइतबार प्रहरी कार्यालयमा आएका थिए । उनीहरु सामान्य अवस्थामा प्रहरी कार्यालय भित्र प्रवेश गरेको बताइएको छ ।

प्रहरी कार्यालय आउँदा विष्णुले भने अनुहार छोपेकी प्रत्यक्षदर्शीले बताएका छन्।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रमुख जिल्ला अधिकारी निरौला, प्रहरी प्रमुख लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए ।

सुन्दरमणिसँगै बसेकी विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिएको लम्सालले बताउनुभयाे ।

यसअघि कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए । छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए । आफूहरुले अन्तरजातीय विवाह गरेका कारण छुटाउन खोजिएकाले बेखबर जस्तै हुनुपरेको सुन्दरमणिको भनाई थियो ।

‘विष्णुले आफू कम पढेको हुँदा बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको जिकिर गरिन्, साथै छलफलका क्रममा विष्णु र सुन्दरमणिले यस विषयमा मिडियालाई जवाफ दिन आवश्यक नभएको अभिव्यक्ति पनि दिए,’ लम्सालले भन्नुभयाे ।

विष्णुले छलफलका बेला पनि मुखबाट मास्क नहटाएपछि प्रहरी प्रमुख लम्सालले मास्क र पछ्यौरा हटाउन लगाएको बताउनु भयो । उहाँका अनुसार गायिका माझीकाे अनुहारमा कुनै चोट र खत थिएनन् । माझी र अधिकारीले पत्रकारसँग बोल्न नमानेकाे र कसैले केही सोध्दा वा फोटो खिच्न खोज्दा सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिएकाे प्रहरी प्रमुख लम्सालले बताउनुभयाे ।

विष्णुसँग परिवारका सदस्यहरुले साम‍ूहिक रुपमा भेटघाट गरेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि आएका थिए ।

अन्तिम अपडेट: पुस २३, २०७५

Previous Post

अष्टसिद्वि माबि ढुंगाचाल्लामा नेबिसंघको इकाई कमिटी गठन

Next Post

उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक 

Related Posts

हिजो भएको प्रचण्ड – नेपाल बैठक :  ‘ यसरी पो ओलीलाई हटाउन सकीन्छ की  ‘
देश/समाज

माओबादी नेताहरु के गर्छन अब

April 13, 2021
माधव नेपालले कब्जामा पुर्याएको जग्गा ओली सरकारले फीर्ता ल्यायो
देश/समाज

माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र

April 13, 2021
वैकल्पिक विधिबाट सुरु भएको सिकाइमा सहभागी हुन् सबै बालबालिकालाई प्रधनमन्त्रीको आह्वान
देश/समाज

विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

April 13, 2021
प्रधानमन्त्रीका प्रेस सल्लहाकार थापाको एका बिहानैको यो प्रस्तावको संकेत के हो
देश/समाज

प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको प्रस्ताव

April 13, 2021
नेपाल गुटको पार्टी बिरोधी क्रीयाकलाप पछी प्रधानमन्त्री तथा अध्यक्ष ओली यसरी अघी बड्दै
देश/समाज

House of Representatives may be dissolved again.

April 13, 2021
भरखरै प्रचण्डलाई सर्वोच्च अदालतको झट्का , माओबादीको प्लान फेल
देश/समाज

ललीता नीवास प्रकरणको कार्वाही प्रारम्भ

April 13, 2021

Discussion about this post

ताजा समाचार

  • पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत
  • माओबादी नेताहरु के गर्छन अब
  • स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण
  • माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र
  • विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि