Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

प्रबासमा प्रकाशित भयो “भोल्छालको रामारोशन”

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कमल रावल, माघ १५ अछाम

श्रष्टा मोहन शाहको अछामी भाषाको पहिलो लघुकथा संग्रह “भोल्छालको रामारोशन” प्रकाशित भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलि घर भएका शाहले पहिलो सग्रह “भोल्छालको रामारोशन” भारतको मुम्बईमा प्रकाशित गरेका हुन ।

हराउदै गएको अछामी भाषाको जगेर्नाका लागि परेका शाह लामो समयपछी संग्रह प्रकाशित गर्न सफल भएका हुन ।अछामि पत्रकारिताबाट अछामि भाषालाई संरक्षण र सम्बद्र्धन गर्छु भनेर लागेका शाहले करिब २ बर्षसम्म रेडियो रामारोशनबाट समेत यसको संरक्षण र सम्बद्र्धको अभियान थालेका थिए ।

अछामी भाषा कला र साहित्यको श्रीबृद्धिका लागि लामो समय सम्म चासो र चिन्ता राख्दै आएका शाहले आफनै मौलिकता, पृथकता र स्थानिय पहिचान बोकेको अछामि भाषालाई अहिलेको पुस्ताले बेवास्ता गरेकाले अछामि भाषाको संरक्षण र सम्बद्र्धनका लागि सग्रह प्रकाशित गरेको बताउनु भएको छ ।

लामो समयको निरन्तर प्रयास पछी संग्रह प्रकाशित भएकोमा आफु धेरै खुशि भएको र आफनो प्रयासलाई अब आउने पुस्ताले निरन्तरता दिनेमा आफु विश्वस्त रहेको पनि बताउनु भयो । आफनो भाषा कला र साहित्य प्रति सबैले माया गरेर लागेमा मात्र समग्र अछामि भाषाको समृद्धिमा सहयोग पुग्नेमा उहाँको आशा रहेको छ ।

अछामि भाषाको लवज र थेगोमा स्थानिय स्तरका बिषयवस्तु र घटनाको मार्मिक रुपमा वर्णन गरेर अछामिको आशा, खप्तडको रुवाबासि, बुढिगंगाको उच्चकाई, दैलेखिको देलो र हराएको जुम्ली काम्लो जस्ता ४९ वटा लघुकथा पुस्तकमा समाबेश गरिएका छन ।

धर्तिको स्वर्ग मानिने अछामको पर्यटकिय क्षेत्र रामारोशनको वर्णन र ब्यापक प्रचारप्रसारका लागि पनी सग्रहको नाम “भोल्छालको रामारोशन” जुराएको उहाँको भनाई छ । प्रकाशन भएको छोटो समयमा नै प्रवासि नेपालीहरुको मन जित्न सफल भएकाले कृति नेपालमा पनी भित्रि सकिएकाले सबैलाई अध्ययन गरि सुझाव सल्लाह दिन आग्रह पनी गर्नु भएको छ ।

पहीलो अंक ७ सय प्रति सबैका माझ ल्याएकाले अब भाग २ पनी छिट्टै सबैको हात हातमा पुरयाउने आफनो अठोट रहेको बताएका छन । पुस्तक भारतको मुम्बईमा प्रकाशित भएकाले यतिबेला उहाँलाई प्रबासमा सम्मान कार्यक्रम समेत चलिरहेको छ ।

अछामि भाषालाई जगेर्ना गर्नका लागि शाहले महान कार्य गरेकाले केहि दिनमा प्रबासमा बसोबास गर्ने नेपाली दाजुभाईको सहकारी संस्था परिवर्तन शिल सहकारी सम्मान गर्ने कार्यक्रम समेत तय भएको उहाँले जानकारी दिनु भयो ।

 

Previous Post

प्रबासमा प्रकाशित भयो “भोल्छालको रामारोशन”

Next Post

यूएईविरुद्ध सिरिज जितेसँगै नेपाल एक दिवसीय क्रिकेटकाे वरियतामा प्रवेश

Related Posts

हिजो भएको प्रचण्ड – नेपाल बैठक :  ‘ यसरी पो ओलीलाई हटाउन सकीन्छ की  ‘
देश/समाज

माओबादी नेताहरु के गर्छन अब

April 13, 2021
माधव नेपालले कब्जामा पुर्याएको जग्गा ओली सरकारले फीर्ता ल्यायो
देश/समाज

माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र

April 13, 2021
वैकल्पिक विधिबाट सुरु भएको सिकाइमा सहभागी हुन् सबै बालबालिकालाई प्रधनमन्त्रीको आह्वान
देश/समाज

विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

April 13, 2021
प्रधानमन्त्रीका प्रेस सल्लहाकार थापाको एका बिहानैको यो प्रस्तावको संकेत के हो
देश/समाज

प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको प्रस्ताव

April 13, 2021
नेपाल गुटको पार्टी बिरोधी क्रीयाकलाप पछी प्रधानमन्त्री तथा अध्यक्ष ओली यसरी अघी बड्दै
देश/समाज

House of Representatives may be dissolved again.

April 13, 2021
भरखरै प्रचण्डलाई सर्वोच्च अदालतको झट्का , माओबादीको प्लान फेल
देश/समाज

ललीता नीवास प्रकरणको कार्वाही प्रारम्भ

April 13, 2021

Discussion about this post

ताजा समाचार

  • पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत
  • माओबादी नेताहरु के गर्छन अब
  • स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण
  • माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र
  • विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि