काठमाडौं, ३० कार्तिक
नेपाली टिमका ४ खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको हो ।
एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनश राजवंशीलाई हटाएको हो ।
उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ ।कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानमा हुने खेलका लागि जाने पाउने छैनन् ।
उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।
Discussion about this post