Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

सन्दीप लामिछाने देशका लागी खेल्न बिग ब्यास लिग छाडेर नेपाल फर्किदै

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग छाडेर आज नेपाल फर्किदै छन् । माघ २२ देखि २९ सम्म टियु क्रिकेट मैदानमा हुने ओमान र त्रिकोणात्मक ओडीआई सिरिजको लागि सन्दीप मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल फर्किन लागेका हुन् ।

सन्दीप सम्मिलित मेलबर्न स्टार्स १४ खेलमा १० मा जित र ४ मा हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफयारमा पुगेको थियो । जारि विग ब्यासमा सन्दीपले १३ खेलमा १५ विकेट लिएका छन् । यो सँगै सन्दीपको टि ट्वान्टी क्रिकेटमा आफ्नो विकेट सङ्ख्या ९९ पुगेको छ । सन्दीप नेपाल फर्कने भएपछि स्टार्सका प्रशिक्षक डेविड हस्सीले केहि निराशा व्यक्त गरेका छन् ।

‘सन्दीपले नेपाल फर्कनुपर्ने बताउँदा म पक्कैपनि खुसी थिइन । उनी हाम्रो टोलीका महत्त्वपूर्ण खेलाडी हुन् र एक राम्रो व्यक्ति पनि । उनी हाम्रो उपाधि योजनाका मुख्य खेलाडी पनि थिए,’ हस्सीले क्रिकेट डट कम डट एयुलाई उदृत गर्दै भने, ‘ तर जब राष्ट्रिय टोलीबाट खेल्ने अवसर आउँछ, यसलाई खुसीसाथ लिनुपर्छ । केहिबेर उनको अनुपस्थितिलाई लिएर दुख लाग्छ तर अन्त्यमा उनी राष्ट्रका लागि खेल्दैछन् । हामी खुसी हुनुपर्छ ।’

‘ सन्दीपले पछिल्लो दुई वर्ष हामीसँग रहेर निकै राम्रो प्रदर्शन गरेका छन् । उनको राष्ट्रिय टोलीका खेल भएकाले हामीले उनलाई फाइनलमा गुमाउनेछौं । राष्ट्रिय टोलीबाट खेल्न पाउनु विशेष हुन्छ र हामी उनलाई शुभकामना दिन चाहन्छौं,’ हस्सीले थपे ।

सन्दीप नेपाल फर्किदा मेलबर्न थप समस्यामा पर्ने छ । उत्कृष्ट सुरुवात गरेको मेलबर्न स्टार्सको अन्त्य भने कमजोर हुन सक्ने अनुमान गरिएको छ । सन्दीपसँगै तीव्र गतिका बलर हरिस रउफ बंगलादेशसँगको टि ट्वान्टीको लागि पाकिस्तान फर्किसकेका छन् । रउफलाई अब हुने टेस्ट टोलीमा बोलाइएको खण्डमा उनले पनि अन्तिम चरण गुमाउनेछन् ।

रउफ फ्रेबुअरी ७ देखि बंगलादेशसँग हुने पहिलो टेष्टको लागि टोलीमा बोलाउने सम्भावना छ । त्यस्तै डेल स्टेन पनि इंग्ल्यान्डसँग हुने तीन टि ट्वान्टीको लागि दक्षिण अफ्रिका फर्किएका छन् । सन्दीप सोमबार बिहान सम्म नेपाल आईपुग्नेछन् ।

Previous Post

ओली सरकारको कदम : कब्जा गरीएको सरकारी जमीन फीर्ता ल्याउने

Next Post

अग्नी सापकोटा सभामुख भएपछी प्रधानमन्त्री ओलीको पहिलो संबोधन ( हैर्नुहोस भीडीयो )

Discussion about this post

ताजा समाचार

  • ‘ प्रभुका चरणमा जाने भनेको हैन, जनताको शरणमा जाने भनेको ’ ; प्रधानमन्त्री ओली
  • संसद बिघटन गर्नु अघी के भएको थीयो ? बादल ले बाहीर ल्याए ( भीडीयो )
  • यती सम्म भएर पो यो अवस्था आएको रहेछ
  • ‘ उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन ’ : प्रधानमन्त्री ओली
  • कांग्रेस नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि