Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

अग्नी सापकोटा सभामुख भएपछी प्रधानमन्त्री ओलीको पहिलो संबोधन ( हैर्नुहोस भीडीयो )

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संसदमा प्रधानमन्‍त्रीले दिएको सम्बोधन 

सभामुखमा निर्वाचित भएकोमा अग्निप्रसाद सापकोटालाई शुभकामना,

संसद्ले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको काँधमा आएको छ।

म खुसी व्यक्त गर्न चाहन्छु र यस काममा सफलता मिलोस्। मेरो दल, मेरो र नेपाल सरकारको तर्फबाट र सबै साथीहरूको तर्फबाट समेत शुभकामना भन्न चाहन्छु।

यहाँ सर्वसम्मत ढंगले निर्वाचित हुनु खुसीको कुरा हो। यो एउटा राम्रो लक्षण हो। यहाँ केही पनि अवरोध रहेनन्। यही भावका साथ आगामी दिनमा संसद् अगाडि बढ्नेछ। यहाँले संविधानको रक्षा र मर्मअनुसार संसदलाई मर्यादित ढंगले अगाडि बढाउनुहुनेछ भन्नेमा पूर्ण आशावादी छु।म आफ्नो तर्फबाट यहाँलाई पूर्ण सहयोग रहनेछ भन्ने वचन दिन चाहन्छु।

हामी एउटा राजनीतिक आन्दोलनको चरण पास गरेर यस बिन्दुमा आइपुगेका छौं। देशलाई कसरी अगाडि बढाउने भन्ने ठाउँमा आइपुगेका छौं। हाम्रा प्राथमिकता के-के हुन्छन् भन्नेमा आइपुगेका छौँ। हाम्रो समाजको चरित्र पनि मेलमिलापको ढंगले अगाडि बढ्नेछ। हामीले लोकतान्त्रिक प्रणाली स्थापना गरिसक्यौँ। जनतामा सार्वभौमसत्ता आइसक्यो। सार्वभौम जनता अन्तिम निर्णायक शक्ति हुन्। हामीले प्रणाली मात्रै होइन प्रक्रिया पनि लोकतान्त्रिक अपनाएका छौं।

जनताकाे सार्वभौमसत्तालाई संवैधानिक हिसाबले संविधान कार्यान्वयनमा समेत व्यवहारमाउतारेर हामी अगाडि बढिसकेका छौँ। सुशासन र विकासमा केन्द्रित भएर हामी अगाडि बढ्न जरुरी छ। हामी विभिन्न दलहरू छौं। हामीले रोजेको बहुदलीय प्रणाली हो। हामीले रोजेको, स्वीकारेको प्रणाली हो। यसमा स्वाभाविक रूपमा फरक मत हुन्छन्। आधारभूत र रूपमा एक भएर स्वच्छ प्रतिस्पर्धामा अगाडि जान सक्छौँ।

हिजो लोकतन्त्रको लडाइँमा थियौं। त्यसमा सबै एकैसाथ थियौं। हाम्रा बाटा अलि फरक-फरक भए पनि लक्ष्य एउटै थियो। विभिन्न व्यवधानका साथ आज एक ठाउँमा छौं।

आज प्रणालीको ग्राहयता उपलब्धिहरूको अर्थ र मर्मसहित तिनको स्वीकार्यतालाई संस्थागत गर्ने, संविधान र समाजलाई समृद्ध बनाउने अभियानमा अगाडि बढेका छौँ।

हाम्रो समाजको चरित्र अलि फरक छ। संघर्ष गर्दा पनि अन्तिममा सहमतिमा पुग्छौं। संघर्षको टुंगो लगाउने तरिका यही हो। २००७ सालमा संघर्ष गरियो,अन्तिममा सम्झौता भयो। राणालाई प्रधानमन्त्री बनाएर राजालाई आसनमा बसालेर आन्दोलनकारी शक्ति सरकारमा गएर अगाडि बढियो। सहमतिका साथ अगाडि बढ्दा ठूला-ठूला सफलता प्राप्त भएका छन्। संघर्षको मैदानमा र सहमतिको मैदानमा सफलता मिले। एकताबद्ध नभएका ठाउँमा पीडा भोगेका छौं।

विभिन्न प्रतिगामी कदम त्यतिबेला भएका छन् जतिबेला हामी एकबताबद्ध भएनौं। त्यस्तो अवस्थामा निरंकुश दमनतन्त्र हाबी हुन्छन्। २०४७ र २०६२/०६३ मा एकताबद्ध भयौँ र राजतन्त्र पराजित भयो। एकताबद्ध भएकाले नै संविधान जारी गर्न सफल भयौँ। संविधान जारी भएपछि एकताबद्ध नभएको भए निर्वाचन हुने थिएन। अहिलेका अनुभवले एकताबद्ध भएकाले नै अगाडि बढ्न सकेका हौं।

हाम्रा एजेन्डालाई सुशासन र विकासतर्फ अगाडि बढाउन जरुरी छ। यसो गर्दा निष्ठापूर्वक आजको समय आइडियोलोजिकल आग्रहमा अल्झिने र ती मतभेदले सत्यलाई अस्वीकार गर्ने, सत्यभन्दा संलग्नतालाई माथि ठान्ने जस्ता कुराहरू गर्न यतिबेला हामीसँग समय छैन।

दुनियाँ तीव्र गतिमा अगाडि बढेको छ। विकास, विज्ञान प्रविधि, भौतिक निर्माण, कनेक्टिभिटी विभिन्न हिसाबले दुनियाँ तीव्र गतिमा अगाडि बढेको छ। हामीले त्यो गतिलाई पकड्‍न सकेनौं भने हामीले समय खेर फालेका हुन्छौँ र समयले हामीलाई पर्खिदैँन र हामी पछि पर्छौं।

हामीले विकासको यस गतिलाई समाउन सकौँ। यस कामको नेतृत्व अहिलेको सरकारले गर्छ। हामीले लडेर ल्याएको बलिदानपूर्ण संघर्षबाट ल्याएको प्रणाली त्यस प्रणालीअनुकूलको संविधान त्यस संविधानअनुकूलका कानुन निर्माण र कार्यान्वयनमा सरकार प्रतिबद्ध छ।हामी यतिबेला स-साना कुरा र आग्रह र पूर्वाग्रहमा अल्झिनु उपयुक्त हुँदैन। केही दिनपछि मैले आजको राजनीतिक अवस्था, विभिन्न चर्चामा समसामयिक सान्दर्भिक विषयहरू र हामीले गर्नुपर्ने काम सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आदिको बारेमाछुट्टै समय लिएर राख्नेछु। आज यी विषयहरूमा प्रवेश गरिरहन आवश्यक छैन।

अलिकतिविलम्ब भइसकेको छ। सभामुख निर्वाचनमापनि ढिला भइसकेको छ। संसदले कामहरू तीव्र रूपमा अगाडि बढाउन जरूरी छ।

यतिबेला हाम्रा अगाडि थुप्रै विधेयक पारित गरेर ऐन निर्माण गर्नुपर्नेछ। प्रस्तावहरू पारित गर्नुपर्नेछ। हामीले विभिन्न चरण पार गर्दै आएको र ६/७ प्रधानमन्त्रीका पालामा अगाडि बढेको अनुमोदनका लागि प्रतीक्षा गरेको एमसीसी पारित गर्नुपर्नेछ। जसको सम्बन्धमा म सविस्तार पछि भन्नेछु। अहिले यस अधिवेशनमा सबै माननीयजीहरूलाई स्वागत गर्न चाहन्छु।

यो नयाँ वर्ष २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेका छौँ। प्राकृतिक हिसाबले केही धक्का देखा परेका छन्। तीनलाई निराकरण गर्नुपर्नेछ। सरकार त्यसमा लागेको छ। यस अधिवेशनमा अलिकति समय खेर गएको भए पनि अब खेर जान नदिएर सजग ढंगले अगाडि बढाउनुपर्नेछ। सदनका बाँकी काम बढाउन सभामुख महोदयको सफल नेतृत्व रहनेछ भन्ने विश्वास लिएको छु।

भीडीयो हेर्न यहाँ click गर्नुहोस 

Previous Post

सन्दीप लामिछाने देशका लागी खेल्न बिग ब्यास लिग छाडेर नेपाल फर्किदै

Next Post

प्रधानमन्त्री ओलीले भनेको कुराको देउवाले अर्कै अर्थ लगाएपछी

Discussion about this post

ताजा समाचार

  • ‘ प्रभुका चरणमा जाने भनेको हैन, जनताको शरणमा जाने भनेको ’ ; प्रधानमन्त्री ओली
  • संसद बिघटन गर्नु अघी के भएको थीयो ? बादल ले बाहीर ल्याए ( भीडीयो )
  • यती सम्म भएर पो यो अवस्था आएको रहेछ
  • ‘ उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन ’ : प्रधानमन्त्री ओली
  • कांग्रेस नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि