Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

गलवान घाटीमाको झडपमा चीनीयाँ सैनीक मारीएका छन की छैनन्

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ,

पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनको सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दशकौं पछि पुनः तनावको स्थिती पैदा भएको छ ।

सोमबार राती चीन र भारतको सेनाबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिकको मृत्यु भयो । सुरुमा तीन जवानको मृत्युको खबर आएको थियो तर पछि भारतीय सेनाले आफैं बयान जारी गरेर गम्भीर रुपमा घाइते अन्य १७ जवानको पनि मृत्यु भएको जानकारी दिएको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पूरा घटनाबारे भने, ‘दुबै देशका सिनियर कमान्डरबीच बैठक भयो र तनाव कम गर्ने विषयमा सहमति बन्यो । सबैकुरा छलफलको हिसाबले अघि बढ्ला भन्ने हामीले आशा गरेका थियौं ।

१५ जून अबेर राती चिनियाँ सेनाले अचानक व्यवहार परिवर्तन गर्यो । चीनले एकतर्फी निर्णय लिँदै यथास्थितीलाई अस्विकार गर्यो र फलस्वरुपः दुबै तिरबाट हिंस्रक झडप भयो । दुबै तर्फका मानिसहरु हताहत भए, जसलाई रोक्न सकिन्थ्यो तर चीनले सम्झौतालाई इमान्दारिताका साथ पालना गरेन ।’

२० भारतीय सैनिकको मृत्युको खबरले भारतको राजनीति तातेको छ । विपक्षी पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि आएर जवाफ दिन भनेको छ । मोदीले एक भिडियो सन्देशमा भारतीय सैनिकको शहादत बेकार नजाने बताएका छन् । मोदीले भने, ‘भारतीय सैनिक मार्ने क्रममा मरेका हुन् ।’ प्रधानमन्त्रीको भनाई यो थियो कि भारतीय सैनिकको मात्रै एकतर्फी क्षती भएको छैन ।

के चिनियाँ सैनिक पनि मारिएका छन् ?

भारतीय मिडियामा पनि मंगलबार यहि कुराको छलफल भइरह्यो । केहि मिडियाले चिनियाँ सैनिकको मृत्यु भएको संख्या नै तोकिदियो । तर अहिलेसम्म यसबारे केहि स्पष्ट जानकारी छैन । बुधबार यहि प्रश्न चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा समाचार एजेन्सी पिटिआईले प्रश्न सोधेको छ । जसमा पत्रकारले सोधेका छन्, ‘भारतीय मिडियामा चिनियाँ सैनिक हताहत भएको बताइएको छ, के तपाईं यसलाई पुष्टि गर्नुहुन्छ ?’

यो प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भने, ‘मैले अघि पनि भनेँ कि देशका सैनिक ग्राउन्डमा विशेष विषयवस्तु सुल्झाउने कोसिस गरिरहेका छन् । मसँग त्यस्तो कुनै जानकारी छैन, जुन म यहाँ सार्वजनिक गर्न सकूँ । मलाई लाग्छ र तपाईंले पनि देख्नु भएको होला कि यस्तो स्थिती पैदा भएलगत्तै दुबै पक्षबीच सीमामा शान्ति बहालीका लागि कुराकानीमार्फत् विवाद सुल्झाउने कोसिस भइरहेको छ ।’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘संसारका दुई ठूला विकासशील र उदीयमान अर्थतन्त्र भएको देश भारत र चीनबीच मतभेदभन्दा पनि सहमतिको आवश्यकता छ ।

आ–आफ्ना नागरिकको हित र आशाका अनुसार सम्बन्धलाई सहि बाटोमा अघि बढाएर सहमतिमा पुगेर त्यसको पालना गर्नु नै दुबै देशको आवश्यकता हो । हामीलाई आशा छ कि भारतीय पक्ष हामीसँग काम गर्नेछ र दुई देश एकैसाथ अघि बढ्नेछौं ।’

पिटिआईले सोधेको ‘अब सीमामा हिंस्रक झडप हुँदैन ?’ भन्ने प्रश्नको जवाफमा चाओ लिजियानले भने, ‘स्पष्ट छ कि अब हामी थप विवाद चाहँदैनौं ।’

स्रोतः बीबीसी

Previous Post

बिदेशीलाई १५ वर्षपछि नेपालको अंगीकृत नागरिकता दिने प्रस्ताव : कस्ता ब्यक्तीले पाउँछन त

Next Post

राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतीले पारित , प्रधानमन्त्री ओलीले संबोधन गर्दै

Discussion about this post

ताजा समाचार

  • ‘ प्रभुका चरणमा जाने भनेको हैन, जनताको शरणमा जाने भनेको ’ ; प्रधानमन्त्री ओली
  • संसद बिघटन गर्नु अघी के भएको थीयो ? बादल ले बाहीर ल्याए ( भीडीयो )
  • यती सम्म भएर पो यो अवस्था आएको रहेछ
  • ‘ उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन ’ : प्रधानमन्त्री ओली
  • कांग्रेस नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि