Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

कोभिड–१९ का नयाँ सङ्क्रमितभन्दा सङ्क्रमण निको भएर डिस्चार्ज हुनेको सङ्ख्या बढ्यो

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा कोरोना भाइरस (कोभिड–१९)का नयाँ सङ्क्रमितभन्दा सङ्क्रमण निको भएर डिस्चार्ज हुनेको सङ्ख्या बढेको पाइएको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो समय ६०९ जना सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको जानकारी दिनुभयो । उहाँले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ४७७ पुगेको बताउनुभयो । प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडाँै उपत्यकामा नौसहित १५० जना व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ । गौतमले देशभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १५० जना सङ्क्रमित थपिएको बताउनुभयो । डा. गौतमले तीन हजार ९६३ जनाको पीसीआर परीक्षण गर्दा १५० जना सङ्क्रमित थपिएको उल्लेख गर्दै योसँंगै नेपालमा कुल सङ्क्रमित १७ हजार ९९४ पुगेको जानकारी दिनुभयो ।

उहाँले हालसम्म सातवटा जिल्ला कोरोना मुक्त रहेको जानकारी दिनुभयो । यस्तै तीन जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित छन् । देशभरका विभिन्न क्वारेन्टाइनमा २१ हजार ७०४ जना छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४७७ जना र क्वारेन्टाइनमा २१ हजार ७०४ जना छन् ।

यसैबीच विदेशबाट आएका नागरिक सीधै घरमा गएर बस्न पाउने भएका छन् । मन्त्रालयको होम क्वारेन्टाइनसम्बन्धी मापदण्डअनुसार विदेशबाट आउनेहरू सीधै घर गएर होम क्वारेन्टाइनमा बस्नेछन् ।

यसअघि विदेशबाट आएका नागरिक एक हप्ताभित्र गरेको पीसीआर रिपोर्ट देखाए मात्र होम क्वारेन्टाइनमा जान पाउँथे । प्रवक्ता गौतमले सरकारले बनाएको नयाँ मापदण्डमा नेपाल फर्केको व्यक्तिले होम क्वारेन्टाइनमा बस्ने इच्छा गरेमा स्थानीय तहको सहमति र प्रत्यक्ष निगरानीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । मापदण्डअनुसार होम क्वारेन्टाइनमा बस्दा छुट्टै कोठा र शौचालय छुट्टै हुनुपर्ने, अन्य व्यक्तिसँग भेटघाट गर्न पाइने छैन । यसैगरी घरपरिवार वा आफन्तसँग दुई मिटर दूरी अनिवार्य कायम गर्नुपर्ने मापदण्डमा व्यवस्था गरिएको छ ।

मेडिकल मास्क वा तीन तहको कपडाको मास्क अनिवार्य प्रयोग गरी सामाजिक दूरी कायम गरेर मात्र परिवारका सदस्यसँग भेटघाट गर्न पाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइन अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनेजस्ता नियम तय गरिएको छ ।

Previous Post

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो

Next Post

चार बुद्धधाम भनि कुनकुन ठाउलाइ चिनिन्छ ?

Discussion about this post

ताजा समाचार

  • बिप्लप समुहले पनी वार्ता टोली गठन गर्यो
  • ‘ उहील्यौ बाट प्रचण्डको मिसन देशलाई भारतको बन्दकी राख्ने थीयो , त्यो मीसनमा साथ नदिनुहोस कमरेडहरु ‘
  • प्रचण्डले आफु प्रधानमन्त्री हुन पुर्व एमालेका ईमान्दार नेताहरुलाई पनी भारतको गोटी बनाए , त्यता नलाग्नुहोस
  • संसद पुनःस्थापना पछी प्रधानमन्त्री ओली संग पहिलो अन्तर्वाता ( हेर्नुहोस पुरा भीडीयो )
  • पुन:स्थापनापछी पहिलो आमसभाबाट प्रधानमन्त्री ओलीको भएको एउटा खुलासाले प्रचण्ड-नेपाललाई ठुलो धक्का

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि