Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद झनै बढेको छ । सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटबाट नेकपाभित्रको विवाद समाधानतर्फ जाने अपेक्षा गरिएको थियो ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड विहान ९ बजे बालुवाटार पुगेका थिए । उनको साथमा वरिष्ठ नेता झलनाथ खनाल र ओलीका साथ संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ थिए । खनाल र नेम्वाङ आइतबार ओली र प्रचण्डबीच भएको भेटमा पनि उपस्थित थिए ।

सोमबार विहान करिब दुई घण्टा भेटको अन्तिमतिर दुई अध्यक्षबीच भनाभनको अवस्था भयो, जसले नेकपाभित्रको विवाद समाधानतर्फ भन्दा पनि थप बल्झिएको छ । नेकपा उच्च स्रोतका अनुसार दुई अध्यक्षबीचको संवाद चर्काचर्कीमा पुगेपछि अध्यक्ष प्रचण्ड र नेता खनाल पउने ११ बजे बालुवाटारबाट बाहिरिएका छन् ।

दुई अध्यक्षको भेटमा प्रचण्डले पार्टीभित्रको समस्या समाधानका लागि अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले आफूले दुवै पद छाड्ने कुरा असम्भव रहेको बताउँदै प्रधानमन्त्री र अध्यक्ष छाड्नुपर्ने माग छाडेर संझौतामा आउन प्रचण्डलाई चेतावनी दिएको नेकपा स्रोतले बतायो ।

‘मेरोतर्फबाट संझौता हुन्न । जे जे छाड्ने हो तपाईंहरु छाड्नुहोस् । मलाई छाड्न विधानले दिन्न,’ ओलीले भेटमा प्रचण्डलाई भनेका थिए ।

ओलीको उक्त कुरापछि प्रचण्डले विधानअनुसार अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न नमिल्ने भए विधानअनुसार केन्द्रीय समिति बैठक बोलाउनुपर्ने धारणा राखेका थिए । ‘तपाईंले विधानले पद छाड्न मिल्दैन भन्नुभयो, विधानअनुसार केन्द्रीय कमिटी बैठक बोलाऔं, यसमा सहमत हुनुहोस्,’ प्रचण्डले भेटमा भनेका थिए ।

तर, ओलीले केन्द्रीय कमिटी बैठक सम्भव नभएको बताउँदै विधानको आ–आफ्नो तरिकाले व्याख्या गर्न सकिने धारणा राखेको बैठक स्रोतले बतायो । ‘केन्द्रीय कमिटी बैठक सम्भव छैन । विधानको आ–आफ्नो व्याख्या हुन्छन् । बैठक माग गरेर हस्ताक्षर कसले बुझाये, त्यो पनि हेर्नुपर्छ’, ओलीले भनेका थिए ।

आइतबार विहान नेकपाका अध्यक्ष ओली र प्रचण्डबीच तीन घण्टा संवाद भएको थियो । सोमबार विहानको संवाद सकारात्मक बन्ने अपेक्षा गरिए पनि विवाद थप चर्किएको छ । अध्यक्ष ओलीले प्रचण्डलाई आफूले आफ्नो तयारी गरिसकेको समेत बताएका छन् ।

Previous Post

चार बुद्धधाम भनि कुनकुन ठाउलाइ चिनिन्छ ?

Next Post

प्रधानमन्त्री ओली संग सोधीयो पार्टी देखी भारतीय बिस्तारवादका कुरा , के के भने ( भीडीयो )

Discussion about this post

ताजा समाचार

  • बिप्लप समुहले पनी वार्ता टोली गठन गर्यो
  • ‘ उहील्यौ बाट प्रचण्डको मिसन देशलाई भारतको बन्दकी राख्ने थीयो , त्यो मीसनमा साथ नदिनुहोस कमरेडहरु ‘
  • प्रचण्डले आफु प्रधानमन्त्री हुन पुर्व एमालेका ईमान्दार नेताहरुलाई पनी भारतको गोटी बनाए , त्यता नलाग्नुहोस
  • संसद पुनःस्थापना पछी प्रधानमन्त्री ओली संग पहिलो अन्तर्वाता ( हेर्नुहोस पुरा भीडीयो )
  • पुन:स्थापनापछी पहिलो आमसभाबाट प्रधानमन्त्री ओलीको भएको एउटा खुलासाले प्रचण्ड-नेपाललाई ठुलो धक्का

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि