Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा बाटोको ट्रयाक खोल्यो

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्रयाक खुलाएको छ।

गत जेठ ९ गतेदेखि काम सुरू गरेको सेनाले ५५० मिटर बाटोको ट्रयाक खुलाएको हो।

भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरूद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो।

चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्रयाक खुलाएको हो। मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्रयाक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए।

‘भिर फुटाएर ट्रयाक खुलाइएको छ’, उनले भने, ‘सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ।’
यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ।

व्यासको छांगरु र तिंकरका बासिन्दा कात्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन्। व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ। चट्टानी भूगोलले केही ढिलाइ भए पनि स्थानीयका लागि सहजरूपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताए।
घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्रयाक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरूद्ध भएको उनले बताए।

घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ। त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै सास्ती भएको व्यासको तिंकर पुगेर खलंगा फर्किएका कार्कीले जानकारी दिए।

तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासी कुञ्चा सर्न सक्दैनन्। तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत् बाटो खुलाउने काम भए पनि कडा चट्टानी भाग भएका कारण खुल्ने सम्भावना छैन। यो क्षेत्रमा अहिले पनि तारको सहारामा चट्टानी भू-भागमार्फत् नदी पार गर्नुपर्ने उनको भनाइ छ।

यस्तै, तम्बाकु नजिकको नयाँ निर्माण गरिएको बाटो सबै भत्किएको छ। कल्जुगाडमा झोलुंगे पुल बगाएको छ भने कल्जगाड भन्दा तल र माथि बाटो भत्किएको छ। सबै ठाउँमा बाटो निर्माण गर्न सके मात्र सहजरूपमा व्यास सम्मको बाटो खुल्ने उनले बताए।
तम्बाकुभन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदिमै रोकिएका छन्।

घोरेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्नेगरी तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता पौडेलले बताए।

सेनाले दुई ठाउँमा क्याम्प राखेर सडक निर्माणको थालनी गर्ने उनले जानकारी दिए।

उनले भने, ‘अहिले परामर्शदातामार्फत् अध्ययन भइरहेको छ।’
सो सडकखण्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सुरू गरेको छ।
सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डिपिआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङ्गको नेतृत्वमा सैनिक टोली गत साउन २३ गतेदेखि सदरमुकाम खलंगामा छ।
महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने बताइएको छ । सडक निर्माण गर्न सके व्यासीको सपना पूरा हुने स्थानीयवासी बताउँछन् ।

यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ। कैलाश पर्वत दर्शन, चीन सँगको व्यापार, अपिहिमाल लगायतका थुप्रै पर्यटकीय क्षेत्र यस क्षेत्रमा पर्छन्।

‘अहिले बाटो नहुँदा छांगरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका मानिस पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने

स्थानीयवासीलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुन्छ’, व्यास–१ का बासिन्दा जगदीशप्रताप ऐतवालले भने।

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवत–जावत गर्न पाए भन्नेमा छन् ।
व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन्।

अहिले व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्मसमेत बसेको छ। बाटो नभएकै कारण सशस्त्र प्रहरीले नेपालकै बाटो भएर खाद्यान्न ढुवानी गर्न हेलिकप्टर कुर्नुपरेको छ।

Previous Post

आइपिएलमा कोलकता नाइट राइडर्सको पहिलो जित

Next Post

‘ अमेरिकाले बुद्ध अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ’

Discussion about this post

ताजा समाचार

  • ‘ प्रभुका चरणमा जाने भनेको हैन, जनताको शरणमा जाने भनेको ’ ; प्रधानमन्त्री ओली
  • संसद बिघटन गर्नु अघी के भएको थीयो ? बादल ले बाहीर ल्याए ( भीडीयो )
  • यती सम्म भएर पो यो अवस्था आएको रहेछ
  • ‘ उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन ’ : प्रधानमन्त्री ओली
  • कांग्रेस नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि