प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ।व्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण मार्गमा आउन कांग्रेसले विप्लवलाई आग्रह गरेको हो|
आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।हालै मोरङमा विप्लव समूहले एक जना शिक्षकको हत्या गरेको थियो। उक्त पार्टीले विज्ञप्तिसमेत निकालेर हत्याको जिम्मेवारी लिएको थियो।
‘मोरङमा बर्बर ढंगले गरिएको शिक्षक हत्याको विरोध बैठकले गरेको छ। घटनामा संलग्नलाई कारवाही माग गरिएको छ,’ उनले भने।विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो।
यसबाहेक आजको बैठकमा मंसिर २९ गते हुने देशव्यापी प्रदर्शनबारे पनि छलफल भएको थियो।क्रियाशील सदस्ता र जनसम्पर्क समितिबारे पनि छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए।सरकारले विप्लव समूहका गतिविधिलाई प्रतिवन्ध लगाएको छ।
Discussion about this post