नेपाली कांग्रेसकी नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्।
शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई पार्टी प्रवेश गराएका हुन्।साह दोस्रो संविधान सभामा नेपाली कांग्रेसको तर्फबाट संविधान सभा सदस्य रहेकी थिइन्।
नेपाली कांग्रेसको राजनीतिक विचार र संगठनात्मक कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साह नेकपा प्रवेश गरेकी हुन्।कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षागर्ने, सुदृढ गर्ने, फुलाउने फलाउने र देशलाई आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर अगाडि बढाउने क्रममा विभिन्न चुनौति र समस्या आएपनि त्यसलाई सामना गर्ने क्षमता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग मात्रै रहेको बताए।
उनले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा रहेको बताए।
Discussion about this post